+
+

नेपाल बारमा २५ पदका लागि ७५ जनाको उम्मेदवारी (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १८:५४

२५ फागुन, काठमाडौं । नेपाल बार एसोसिएसनको २५ सदस्यीय कार्यसमितिका लागि ७५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार प्रकाशित अन्तिम नामावली अनुसार अध्यक्षमा मात्र ८ जनाको उम्मेदवारी परेको छ ।

यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।  नेकपा एमाले निकट कानुन व्यवसायी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।

सत्तारुढ दल निकट प्यानलबाट अध्यक्षमा नेपाली कांग्रेस निकट गोपालकृष्ण घिमिरे र एमाले निकट प्यानलबाट अध्यक्षमा विष्णुमणि अधिकारी उम्मेदवार बनेका छन् । अध्यक्षमा उमेशचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार पृथ्वीनाथ राईको समूहले विभिन्न ११ पदमा उम्मेदवारी दिएको छ । त्यस्तै अनिता जधारीको समूहले विभिन्न चार पदमा उम्मेदवारी दिएको छ ।

सातवटा प्रदेशबाट एक-एक र महिला एक गरी आठ उपाध्यक्ष पदमा प्रत्येक प्रदेशमा दुईदेखि चार जनाको उम्मेदवारी परेको छ ।

एक जना महासचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीको प्यानलबाट माओवादी केन्द्र निकट कानून व्यवसायी अञ्जिता खनाल उम्मेदवार बनेकी छन् । एमाले निकट कानुन व्यवसायीले केदारप्रसाद कोइरालालाई उम्मेदवार बनाएको छ ।

कांग्रेस निकट कानुन व्यवसायी इन्द्रबहादुर अधिकारीले पनि महासचिवमा उम्मेदवारी दिएका छन् । एक जना कोषाध्यक्षका लागि जगतबहादुर कार्की, गोविन्दराज उपाध्याय र भरतबहादुर राउतको उम्मेदवारी परेको छ । कार्की एमाले निकट हुन् भने सत्ता गठबन्धनका उम्मेदवार राउत हुन् ।

बारको नेतृत्व चयनका लागि १९ चैतमा निर्वाचन हुनेछ ।

हेर्नुहोस उम्मेदवारहरुको नामावली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?