+
+

डोल्मा फन्डले भित्र्यायो ९ अर्बभन्दा बढी अमेरिकी लगानी

फन्ड थप विस्तार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १९:३७

२५ फागुन, काठमाडौं । नेपालको नवीकरणीय उर्जा, स्वास्थ्य सेवा र प्रविधिको क्षेत्रमा लगानी गरिरहेको डोल्मा इम्प्याक्ट फन्डमा अब अमेरिकी सरकारको वित्तीय निकाय यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी)ले समेत लगानी गर्ने भएको छ ।

डोल्मा इम्प्याक्ट फन्डको दोस्रो चरण अन्तर्गत कुल ७ करोड ५० लाख अमेरिकी डलर (करिब ९ अर्ब २१ करोड) रुपैयाँसम्मको लगानी गर्ने योजना छ । यो फन्डमा एफएमओ, सीडीएस ग्रुप, स्वीड फण्ड तथा आइएफसीले लगानी गरेका छन् ।

डोल्मा फन्डको दोस्रो चरणको कार्यक्रममा १ करोड ३० लाख डलर फन्ड जम्मा भइसकेको छ । यसबाट पहिलो परियोजनाका रुपमा ‘उपाय सिटी कार्गो’ स्थापना भई सञ्चालनमा समेत आइसकेको छ । उपाय सिटी कार्गो वस्तु डेलिभरीसँग सम्बन्धित नवउद्यम हो । यो फन्डले फुडमान्डुमा पनि लगानी गर्दैछ ।

डोल्मा फन्डबाट पूँजीको उच्च माग भइरहेको समयमा डीएफसीलाई स्वागत गर्न पाउँदा हर्षित भएको डोल्मा फन्ड म्यानेजमेन्टका सीइओ टिम गोचरले बताएका छन् । कोरोना महामारीबाट उठ्दै गर्दा नेपालमा डिजिटल क्रान्ती र स्वास्थ्य सेवाको क्षेत्रमा अभूतपूर्व वृद्धि भइरहेको सन्दर्भमा डोल्माले यस्तो क्षेत्रमा हुने पूँजीलाई प्रोत्साहित गरेको उनले बताएका छन् ।

डीएफसीका उपाध्यक्ष लरेन कोक्रनले डोल्मा इम्प्याक्ट फन्ड २ मा लगानी गर्न डीएफसी उत्साहित भएको बताएका छन् । डोल्माका माध्यमबाट हुने लगानीले जलवायु संकटको सामना गर्न, लैंगिक असमानता हटाउने र स्वास्थ्य सेवालाई सदृढ गराउन मद्दत पुग्ने उनको भनाई छ । डोल्माको पहिलो कोष २०१४ मा शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?