+

च्याम्पियन्स लिग : पीएसजीलाई स्तब्ध पार्दै रियल मड्रिड क्वाटरफाइनलमा

२०७८ फागुन  २६ गते ९:१२ २०७८ फागुन २६ गते ९:१२
च्याम्पियन्स लिग : पीएसजीलाई स्तब्ध पार्दै रियल मड्रिड क्वाटरफाइनलमा

२६ फागुन, एजेन्सी । करिम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि लियोनल मेसीको पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई हराउँदै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबाउमा दोस्रो लेगको पहिलो हाफमा केलियन एम्बाप्पेले गोल गर्दा पीएसीले समग्रमा २–० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा १७ मिनेटको अन्तरमा फ्रान्सेली सुपरस्टार बेन्जिमाले तीन गोल गरेपछि पहिलोपल्ट च्याम्पियन्स लिग जित्ने पीएसजीको लक्ष्य यो सिजनका लागि समाप्त भएको छ । बेन्जेमाले ६१, ७६ र ७८औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे ।

पीएसजीको मैदानमा अघिल्लो महिना भएको पहिलो लेगमा पीएसजी १–० ले विजयी भएको थियो।

करिम बेन्जेमा च्याम्पियन्स लिग पीएसजी रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय