+
+

देशलाई कता लैजाने माओवादीको हातमा छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १०:१९

२७ फागुन, सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कता लैजाने भन्ने मुख्य भूमिका माओवादीको हातमा रहेको बताएका छन् ।

सुर्खेत विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताएका हुन् । ‘गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनमासम्म सुरक्षित रहन्छ, देशलाई कता लैजाने भन्ने पनि माओवादीकै हात छ,’ अध्यक्ष प्रचण्डले भने ।

देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसरामा चलिरहेको उनको दाबी छ । उनले सत्ता गठबन्धनलाई आगामी निर्वाचनभन्दा पछिसम्म पनि कायम राख्ने प्रयासमा रहेको पनि बताए । ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं, एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ,’ उनले भने ।

एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको अध्यक्ष प्रचण्डको दाबी छ । ‘अन्तत हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमत गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ,’ उनले भने ।

अध्यक्ष प्रचण्ड माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?