+
+

महालक्ष्मी विकास बैंकद्वारा अम्बिका मावि हेम्जालाई विज्ञान प्रयोगशाला सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:४५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१९ स्थित अम्बिका माध्यमिक विद्यालय हेम्जालाई विज्ञान प्रयोगशाला (साइन्सल्याव)का लागि आवश्यक सामग्रीहरु प्रदान गरेको छ । बैंकको चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको हो ।

चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले बैंकको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

शाखाका प्रबन्धक घिमिरेले उक्त सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?