२७ फागुन, काठमाडौं । सिन्धुपाल्चोकको कांग्रेस अधिवेशनमा संस्थापन पक्षकै दुई उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
संस्थापन पक्षबाट सभापतिमा एकल उम्मेदवार पर्ने चर्चा भइरहँदा सोही पक्षबाट जगलाल तामाङ बागी उम्मेदवार बनेका छन् । नेता मोहन बस्नेतको बलमा जगलाल उम्मेदवार बनेको बताइएको छ। संस्थापन पक्षबाट डा. प्रेमध्वज तामाङले उम्मेदवारी दिने तयारी केही महिना अघिदेखिनै गरेका थिए ।
नेता डा शेखर कोइराला पक्षबाट वंशलाल तामाङले उम्मेदवारी दर्ता गरेका छन्। उनी इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन् । शेखर पक्षका सभापतिका उम्मेवार तामाङ अमेरिका छोडेर नेपाल आएका हुन् भने संस्थापन पक्षका प्रेमध्वज त्रिभुवन विश्वाविद्यालयको प्राध्यापन छोडेर राजनीतिमा होमिएका हुन् ।
शुक्रबार मनोनयन र शनिबार मतदान हुने गरी निर्वाचनको कार्यतालिका बनाइएको छ। जिल्लामा संस्थापन पक्षका नेता मोहन बस्नेत र संस्थापनइतका विकास लामा कांग्रेस राजनीतिमा हाबी छन्।
अन्य दलबाट कांग्रेस प्रवेश गरेका तथा क्रियाशील सदस्यता विवादले सिन्धुपाल्चोकको अधिवेशन सर्दै आएको छ।
प्रतिक्रिया 4