+
+

यो वर्ष पनि सर्वाधिक मूल्यवान टायर ब्रान्ड बन्यो ‘मिसिलिन’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १४:५९

काठमाडौं । फ्रेन्च टायर निर्माता ‘मिसिलिन’ यो वर्ष पनि ब्रान्ड फाइनान्सले गरेको मूल्यांकनमा सर्वाधिक मूल्यवान टायर ब्रान्ड बन्न सफल भएको छ । ब्रान्ड मूल्यांकनमा विश्वकै अग्रणी मानिने यो कन्सल्टेन्सिले गरेको ब्रान्ड इन्डेक्समा मिसिलिनले ८५.८ अंक प्राप्त गर्दै उक्त स्थान हासिल गरेको हो ।

सन् २०१८ देखि निरन्तर मूल्यवान टायर ब्रान्डको ताज कायमै राख्न सफल यो ब्रान्डको मूल्य यो वर्ष बढेर ७ हजार ७ सय ३६ मिलियन डलर पुगेको छ । अघिल्लो वर्ष उक्त मूल्य ६ हजार ८ सय ४८ मिलियन डलर रहेको थियो । मूल्यवान ब्रान्डको सूचीमा पहिलो स्थान ओगटेको मिसिलिनलाई अर्को जपनिज ब्रान्ड ब्रिजस्टोनले पछ्याइरहेको छ । ब्रिजस्टोन विगत ५ वर्षयता सूचीको दोस्रो स्थानमा रहँदै आएको छ ।

त्यसैगरी मिसिलिनले अघिल्लो वर्ष अर्थात सन् २०२१ मा २५.९ बिलियन डलरको कारोबार गर्दै सर्वाधिक बिक्री हुने ब्रान्डमा समेत कब्जा जमाएको छ । बिक्रीमा पनि उसलाई ब्रिजस्टोनले पछ्याउँदै दोस्रो स्थान ओगटेको छ । कोरोना महामारीका कारण निम्तिएको अनुकुल परिस्थितिका बाबजुत पनि मिसिलिनले अघिल्लो वर्ष बिक्री बढाएर अग्र स्थानमा आएका कारण अबको केही वर्ष बिक्रीमा पनि यसले बजारको नेतृत्व कायमै राख्ने विश्वास कम्पनीको छ ।

कम्पनीका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी उत्पादन हुने कारण मिसिलिनले विश्व बजारमा एक प्रिमियम र उच्च गुणस्तरीय टायर ब्रान्डको पहिचान बनाइरहेको छ । विश्वका अधिकांश प्रिमियम ब्रान्डका सवारीसाधनमा ओई फिटमेन्ट भएर आउने मिसिलिनलाई सर्बाधिक इन्धन किफायती टायरका रुपमा समेत लिने गरिन्छ । विश्वमा यसको ९ वटा आरएन्डडी सेन्टर रहेको छ भने २६ राष्ट्रमा ११७ वटा उत्पादन युनिट र १७० भन्दा बढी देशमा कारोबार भइरहेको छ । हालै यसले मोटोजीपी रेसलाई विशेष प्रकारको टायर सप्लाई गर्ने सम्झौतालाई सन् २०२६ सम्म निरन्तरता दिइने उद्घोष समेत गरेको छ ।

कम्पनीका अनुसार नेपाली बजारमा समेत उपलब्ध यो टायरलाई ग्राहकले प्रिमियम ब्रान्डको टायरका रुपमा लिई आफ्नो सवारीसाधनमा प्रयोग गरिरहेका छन् । नेपालमा यसको टु ह्विलरदेखि, प्यासेन्जर कार, कमर्सियल भेहिकल र हवाई जहाजसम्ममा प्रयोग गर्न मिल्ने टायर उपलब्ध छ । अटोमोबाइल कम्पनी सिप्रद्धी अटो पार्टस्ले यसको आयत गरी कारोबार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?