+
+

आयात निरुत्साहनको नीतिले विदेशी मुद्राको सञ्चितिमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १५:१८

२७ फागुन, काठमाडौं । सरकारले लिएको आयात निरुत्साहित गर्ने नीतिले विदेशी मुद्राको सञ्चिति र सञ्चिति पर्याप्तता सूचकमा सुधार भएको छ । यसको मतलव वस्तु तथा सेवा आयातका लागि पुग्ने विदेशी विनिमय सञ्चिति अघिल्लो महिनाको तुलनामा बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को सात महिना (साउन–माघ)को आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गरेको छ । यसअनुसार नेपाल राष्ट्र बैंकसँग विदेशी विनिमय सञ्चिति १०२४ अर्ब ६० करोड रुपैयाँ छ ।

नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग यस्तो सञ्चिति १५४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो रकमले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । अघिल्लो महिनासम्म ६.६ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने क्षमता रहेकोमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

माघ मसान्तसम्मको सञ्चिति गत असार मसान्तको तुलनामा भने १७.७ प्रतिशतले कमी आएको हो । असार मसान्तसम्म नेपाल राष्ट्र बैंकसँग मात्र सञ्चिति १२४४ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?