+
+

बोटलर्स नेपालविरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १६:०१

२७ फागुन, काठमाडौं । बोटलर्स नेपालविरुद्ध सरकारले पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

बोटलर्स नेपाल बिरुद्ध पूँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।  बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

राजस्व अनुसन्धान विभागको विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?