+
+

मिथिला मध्य परिक्रमामा सहभागी थप एकजना तीर्थ यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:५६

२७ फागुन, जनकपुरधाम । मिथिला मध्य परिक्रमामा सहभागी भएका थप एकजना तीर्थ यात्रीको मृत्‍य भएको छ ।

पछिल्लो पटक महोत्तरीको भंगहा नगरपालिका ९ कंचनवनस्थित आधारभूत विद्यालयमा विश्राम गरिरहेका अन्दाजी ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कालो रातो सुइटर र फुलबुट्टे साडी लगाएकी मृत महिलाको सनाखत हुन नसकेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीको भनाई छ ।

यसअघि २३ फागुनमा पनि एक जना मिथिला मध्य परिक्रमामा सहभागी भएका एक तीर्थ यात्रीको मृत्यु भएको थियो ।

भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्ला बासोपट्टी ग्राम पंचायत वडा नम्बर ९ बस्ने ५० बर्षीया प्रमिला देवी दासको मृत्यु भएको थियो ।

परिक्रमा टोली जलेश्वर पुगेको बेला जलेश्वर ६ स्थित परिक्रमा पोखरीको भर्‍याङमा अचानक रिंगटा लागेपछि लडेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?