+
+

आईएसएमटी कलेज चितवनमा बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १३:४४

काठमाडौं । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू आईएसएमटी कलेज चितवनमा पनि सञ्चालन गरिएको छ ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको आईएसएमटी कलेज चितवनले जनाएको छ ।

बेलायतका प्रमुख शहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड युनिभर्सिटीको आफ्नै कलेज रहेका छन् । यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड युनिभर्सिटी बेलायतको नयाँ युनिभर्सिटी मध्ये पहिलो नम्बरमा पर्न सफल भएको जनाएको थियो ।

सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्टस् एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको थियो भने सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै युरोपियन टिचिङ र्‍यांकिङमा २०१औं स्थानमा पर्न सफल भएको थियो । सोही युनिभर्सिटीको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आईएसएमटी कलेज चितवनले जनाएको छ ।

आईएसएमटी ग्रुप अफ कलेजेस् युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन पाउने पहिलो नेपाली शैक्षिक संस्था समेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?