+
+

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १६:३५

२९ फागुन, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा महेन्द्रराज भुसाल चयन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशनबाट भुसाल अध्यक्ष निर्वाचित भएका हुन् ।

यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन (प्रदेश १ संयोजक), अभिषेक रोशन (मधेश प्रदेश संयोजक), विक्रम अधिकारी (बागमती प्रदेश संयोजक), हेमन्त श्रेष्ठ (गण्डकी प्रदेश संयोजक), छमबहादुर अधिकारी (लुम्बिनी प्रदेश संयोजक) कान्तप्रसाद सुवेदी (कर्णाली प्रदेश संयोजक) र कृष्णराज ढुंगाना (सुदूरपश्चिम प्रदेश संयोजक) चयन भएका छन् ।

संघको महासचिवमा होमप्रसाद अधिकारी, सचिवमा धीरज मैनाली, कोषाध्यक्षमा प्रकृति आचार्य चुनिएका छन् । यसैगरी सदस्यहरुमा समीर शर्मा, लवेन्द्र कुँवर, वर्षा कोइराला, मञ्जु दाहाल, हेमकुमार बिडारी, देवेश कर्ण , ब्रह्मशंकर चौधरी र श्रेयशध्वज जोशी छन् ।

केही समय अगाडि मात्रै स्थापना भएको यो संस्थाले अब चाँडै ७ जना उपाध्यक्षहरुको संयोजकत्वमा प्रदेशमा समिति गठन गर्ने र स्वास्थ्य व्यवस्थापकको हकहितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष भुसालले बताए । संघले अस्पताल व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा काम गर्ने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?