+
+

छोटो समयमै शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै

मासिक १० लाख रुपैयाँको सिमेन्ट ब्रिक्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १८:१२

काठमाडौं । शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट ब्रिक्री गर्न सफल भएको छ ।व्यवसायिक उत्पादनको छोटो अवधिमै मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेर लोकप्रिय ब्रान्डको रुपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।

जेठ २०७८ देखि व्यवसायिक रुपमा सिमेन्ट उत्पादन सुरु गरेको शौर्य सिमेन्टले मासिक १० लाख रुपैयाँको सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो । व्यवसायिक उत्पादन सुरु गरेको पहिलो महिना (जेठ) देखी नै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको भनाइ छ । निर्माण क्षेत्रमा देखा परेको हालको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै उत्साहजनक रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले हाल बजारमा शौर्य ओपीसी-५३ ग्रेड, शौर्य ओपीसी- ४३ ग्रेड, पीएससी ‍सिमेन्ट बजारमा ल्याएको छ । निकट भविष्यमै पीपीसी र  लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

हरेक पाइलामा चुनौतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट  उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको कम्पनीको  दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?