+
+

शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई डीएभीको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १८:४०

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई सम्मान गरेको छ । काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलाहरुलाई सम्मान गरेको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार विश्व महिला दीवसको अवसरमा मनोनित २१६ जना महिलामध्ये शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्यानएका ८४ जना महिलाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयकी प्रा.डा. कुशुम शाक्यले शिक्षा क्षेत्रका महिलाहरु खोजी गरी सम्मान गरेकोमा डीएभी विद्यालयको प्रशंसा गरेकी थिइन् ।

डीएभीका अध्यक्ष अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पुर्याुएका महिलाहरुलाई सम्मान गर्न पाउँदा आफूलाई ज्यादै खुसी लागेको बताए ।

विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले अभिभावकहरूमा छोरीको व्यक्तित्व विकासका लागि छोराहरुले सरह नै समान अवसर पारउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, अभिनय तथा विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?