+
+

सुगम र मिलनको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:०२

३० फागुन, काठमाडौं । सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ ।

गायक समेत रहेका कृष्णले गीतमा एक जोडीको प्रेम, विवाह उत्सवको रमाइलो पललाई शब्दमा उतारेका छन् । गीतको भिडियोमा रियल लाइफ जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराई देखिएका छन् । भिडियोको निर्देशन यो जोडीले नै गरेको हो ।

बुद्ध थापाले खिचेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपीकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?