+
+

युनिलिभर नेपालद्वारा अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १७:३६

काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाहरुले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो ।

कार्यक्रम ‘ब्रेक द बायस’ #BreakTheBias को मुख्य विषय वस्तुमा केन्द्रित थियो । कार्यक्रम लैंगिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रमको सुरुवातमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले दैनिक जीवनमा महिलाको केन्द्रियता र नेतृत्वको महत्वलाई सम्मान गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मुम्बईबाट भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथन राजले लैंगिक सन्तुलित कार्यबल सृर्जना गर्न कम्पनीको प्राथमिकताबारे प्रकाश पारेका थिए ।

कम्पनीका अनुसार युनिलिभर नेपाल लिमिटेडमा कार्यरत कुल कर्मचारीहरु मध्ये, श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिक तहमा २० प्रतिशत महिला कर्मचारीहरू कार्यरत रहेका छन् । यूएनएलले सन् २०२५ सम्म यो अनुपात क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पुर्‍याउने लक्ष्य राखेको छ । यूएनएलले महिलामैत्री कार्यस्थल सिर्जना गर्ने कुरामा जोड दिएको कम्पनीको भनाइ छ ।

यूएनएलले प्रसूति बिदालाई संशोधित गर्दै अभिभावकीय बिदा तथा प्रसूति पारगमन नीति समेट्दै २६ हप्ताको बनाएको छ ।

कम्पनीका अनुसार जुम्बा सत्र, फ्ल्यास मोब, उपहार वितरण लगायतका विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

युनिलिभर नेपाल लिमिटेड र डाँफे वर्क्स इन्टरप्राइजेज नेपालबीच सम्झौता समेत भएको छ । डाँफे वर्क्स इन्टरप्राइजेजले स्वदेशी उत्पादनलाई बढावा दिने डिजाइनर “मेड इन नेपाल” कपडा र सामानहरू उत्पादन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?