+
+

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १८:०८

काठमाडौं । इसेव मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट प्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताबारे जानकारी दिंदै ईसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘प्रभु म्यानेजमेन्टसँग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ।’ प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने उनको विश्वास छ ।

सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५ हजार बढी एजेन्टसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध नेपालभरका ७ हजार बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिनेछ ।

प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यी सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?