काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको दुई महिने ‘मेड इन नेपाल’ अभियान सोमबार सम्पन्न भएको छ ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदै विदेशी उत्पादन तथा बजारसँग नेपाली उत्पादनले प्रतिस्पर्धात्मक क्षमता राखोस् भन्ने उदेश्यका साथ सेल्सबेरीले १ माघदेखि यो अभियान सञ्चालन गरेको थियो ।
विदेशी उत्पादन रोज्न छाडी नेपाली उत्पादन खोजी खोजी प्रयोग गर्ने रुपान्तरण तर्फ यो यात्रा लाभदायिक बनेको सेल्सबेरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो अभियानबाट नेपाली उत्पादक तथा उपभोक्ताहरुमा सकारात्मक सन्देश प्रवाह भएको सेल्सबेरीले विश्वास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4