+

आर्मीले चौथो पटक उचाल्यो झापा गोल्डकपको उपाधि

२०७८ फागुन  ३० गते १९:२१ २०७८ फागुन ३० गते १९:२१
आर्मीले चौथो पटक उचाल्यो झापा गोल्डकपको उपाधि

झापा । पाँचौं झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । झापाको डोमालाल रङ्गशालामा सोमबार भएको फाइनल खेलमा झापा–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीका लागि टेकबहादुर १८औँ मिनेटमा टेकबहादुर बुढाथोकी र २०औँ मिनेटमा जर्ज प्रिन्स कार्की एक-एक गोल गरेका थिए । झापा–११ का लागि विमल घर्ती मगरले २४औँ मिनेटमा एक गोल फर्काएका थिए । पहिलो हाफमा २–१ को अग्रता कायम गरेको आर्मीले सोही अग्रतालाई कायम राखेको थियो ।

दोस्रो हाफमा झापाले गोलका लागि निकै प्रयास गरे पनि सफलता हात पार्न सकेन ।

योसँगै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ । झापा–११ ले भने पाँच पटक नै उपविजेतामा चित्त बुझाएको छ ।

प्रतियोगितामा विजयी आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापा–११ ले छ लाख पाँच हजार रूपैयाँ हात पारेको छ । समापन समारोहमा झापा–११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

झापा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय