+
+

पारिजात स्मृति सम्मान घोषणा

रासस रासस
२०७८ फागुन ३० गते १९:५७

३० फागुन, काठमाडौं । साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न सम्मानको घोषणा गरिएको छ ।

पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलका अनुसार पारिजात सिर्जन सम्मान–२०७८ कवि विनोदविक्रम केसीलाई, पारिजात बालसाहित्य सम्मान–२०७८ बाट प्रा भिक्टर प्रधानलाई, पारिजात कला सम्मान–२०७८ कलाकार देवेन्द्र थुम्केलीलाई र पारिजात सङ्घर्षशील नारी सम्मान–२०७८ सङ्घर्षशील महिला उमा गुरुङ राईलाई प्रदान गरिने छ । यी सम्मान पारिजातको २९औँ स्मृति दिवसका अवसरमा आगामी वैशाख ५ गते प्रदान गरिनेछ ।

जन्मजयन्तीका अवसरमा आज केन्द्रको कार्यालय म्हेपीमा ‘नेपाली साहित्यमा पारिजात’ विषयक परिसंवाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा डा महेश मास्के, अमृता शर्मा र डा विन्दु शर्मा वक्ता थिए ।

वक्ताहरूले पारिजातका लेखनीमा प्रगतिशीलता र सामाजिक यथार्थको कलात्मक चित्र पाइने बताएका थिए । सुकन्या वाइबाको अध्यक्षतामा २०५० सालमा सो केन्द्रको स्थापना भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?