+
+

भन्सार शुल्क मिनाहामा नियत सफा देखिएन : श्रीवास्तव

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिंदा राम्रो हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १४:१५

१ चैत, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क मिनाहा गरिदिंदा राम्रो हुने बताएका छन् । अनावश्यक वस्तुमा मिनाहा दिंदा नियत सफा नदेखिएको उनले बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘दैनिक उपभोग्य सामग्रीहरु जस्तो चामल आउँछ, गहुँ आउँछ, औषधिहरु आउँछ, शैक्षिक सामग्रीहरु आउँछ । त्यस्ता कुराहरुमा बरु मिनाह दिनु राम्रो होला । तर, अनावश्यक वस्तुमा दिँदा नियत सफा देखिएन ।’

सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाह गर्नुपर्ने र मूल्य वृद्धिको विषयमा विस्तृत छानवीन गर्नुपर्ने उनले बताए ।

खाने तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको र बजार अनुगमन पनि फितलो भएको भन्दै उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘अनुगमनको क्रममा २-२ जरिवाना गर्नु हुन्छ । तर, करोडौं घोटाला गर्नेलाई धरौटीमा छाडिदिनु हुन्छ । अनि मूल्यवृद्धि त्यसै भइरहेको छ ।’

खानेतेलको मूल्य वृद्धिको उदाहरण दिंदै उनले भने, ‘खानेतेलको कस्तो रहेछ भने सिष्टम भन्दाखेरी तेस्रो मुलुकबाट खानेतेल यहाँ ल्याउने, त्यसलाई फेरि प्याकिङ गर्ने, फेरि तेस्रो मुलुकमा पठाउने । नेपालमा खपत गर्न समेत उनीहरुले कन्जुस्याइँ गर्ने । जसले गर्दा यसमा अभाव हुन्छ अनि मूल्यवृद्धि भएर गइरहेको छ ।’

सभापति श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महँगी झनै बढेर जाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?