+

सिरी ए मा लाजियोका सर्वाधिक गोलकर्ता बने इम्मोबाइल

२०७८ चैत  १ गते १५:२० २०७८ चैत १ गते १५:२०
सिरी ए मा लाजियोका सर्वाधिक गोलकर्ता बने इम्मोबाइल

१ चैत, काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ ।

टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी सिरी ए मा आफ्नो गोलसंख्या १४४ बनाए । उनले लाजियोका महान खेलाडी सिल्भियो पियोलालाई पछि पारेका हुन् ।

२५ वर्षको करिअरमा २ सय ७४ गोल गरी पियोला सिरी ए कै सर्वाधिक गोलकर्ता हुन् । उनले सन् १९३८ मा इटलीबाट विश्वकप खेलेका थिए । उनले ९ वर्ष लाजियोका लागि खेलेर पियोलाले सबै प्रतियोगितामा गरी १ सय ४९ गोल गरेका थिए ।

‘म मेरो टोलीका सबैलाई धेरै धन्यवाद भन्न चाहन्छु । उनीहरुले हरेक सिजन, हरेक खेलमा मलाई साथ दिए, जसले मलाई कीर्तिमान बनाउन सजिलो भयो,’ इम्मोबाइलले भनेका छन्, ‘मैले यहाँ जे गरिरहेको छु, मलाई गर्व लागिरहेको छ । समर्थकलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु । जसले मलाई मेरो पहिलो खेलदेखि समर्थन गर्नुुभएको छ ।’

इम्मोबाइलले २०१६ देखि लाजियोका लागि खेल्न थालेका हुन् । यसबीचमा युरोपको शीर्ष ५ लिग इङ्ल्यान्ड, स्पेन, जर्मनी, फ्रान्स र इटालीमध्ये लियोनल मेस्सी र रोर्बट लेवान्डोस्कीले मात्र उनले भन्दा धेरै गोल गरेका छन् ।

एएफपीको सहयोगमा

फुटबल लाजियो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय