+
+

माछापुच्छ्रे बैंकद्वारा निर्मित सीसीयू वार्ड शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १७:४२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सीसीयू वार्ड ( क्रिटिकल केयर युनिट) निर्माण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यका साथ २४ शय्याको क्रिटिकल केयर युनिट निर्माण गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोले नवनिर्मित क्रिटिकल केयर युनिट हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

उक्त क्रिटिकल केयर युनिट हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?