+

म्यानचेष्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

२०७८ चैत  २ गते ८:३६ २०७८ चैत २ गते ८:३६
म्यानचेष्टर युनाइटेडलाई हराउँदै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा

२ चैत काठमाडौं । रेनान लोडीको गोलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई दोस्रो लेगमा स्पष्ट अन्तरमा पराजित गरेपछि स्पानिस क्लब एट्लेटिको मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती भएको अन्तिम १६ को दोस्रो लेगमा एट्लेटिकोले युनाइटेडलाई उसैको मैदानमा १-० ले पराजित गरर्दै समग्रमा २-१ ले नतिजा आफ्नो पक्षमा पारेको हो । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन रेनान लोडीले ४१औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा गोल गरेका थिए ।

यसअघि भएको पहिलो लेगमा युनाइटेड र एट्लेटिकोले १-१ को बराबरी खेलेका थिए ।

यस्तै पोर्चुगिज क्लब वेनफिका डच क्लब अयाक्सलाई समग्रमा ३-२ ले हराएर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा २-२ को बराबरी खेलेको वेनफिका दोस्रो लेगमा डार्विना नुनेजको गोलमा अयाक्सलाई १-० ले पराजित गरेको हो ।

एट्लेटिको मड्रिड म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय