+
+

थप ८२ जनामा कोरोना संक्रमण, मृत्यु शून्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १६:२७

२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार ४९८ जना होम आइसोलेसनमा रहेका छन् भने ७६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३१ जना आईसीयू र ६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १०२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ भने ९ लाख ६1 हजार ५६१जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १० वर्ष मुनिका बालबालिका कसैमा पनि कोरोना संक्रमण भएको देखिएको छैन भने ११ देखि २० वर्ष उमेर समूहका २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?