+
+

माछापुच्छ्रे बैंकद्वारा आगलागी पीडितलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १७:५२

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सप्तरीका आगलागी पीडित ११ घरपरिवारलाई खाद्यान्न एवं भाडाँकुडा सहयोग गरेको छ ।

सप्तरीको माहुली शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेगंरीका आगलागी पीडित ११ घरपरिवारलाई राहत सहयोग गरेको हो । २८ फागुनमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो ।

राहत वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव र बैंकको मधेश प्रदेशका उपप्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?