+
+

चुनावी अभियानका लागि राप्रपाले जिल्ला-जिल्लामा खटायो नेता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १९:४१
राप्रपा बैठकको फाइल तस्वीर ।

२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशभर घरदैलो अभियान गर्ने भएको छ । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले ‘जनताको माझमा राप्रपा’ घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले २८ चैतमा देशका सबै जिल्लाका सदरमुकाममा ‘जनताको माझमा राप्रपा’ घरदैलो अभियानको शुभारम्भ गर्दैछ । सो कार्यक्रमका लागि केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुग्ने प्रवक्ता श्रेष्ठले बताए ।

निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उम्मेदवार छनोट र विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।

राप्रपाका अनुसार विक्रम पाण्डे झापा, राजेन्द्र गुरुङ्ग उदयपुर, रविन चाम्लिङ्ग सोलुखुम्बु, अर्जुन राई ओखलढुङ्गा, राम थापा मोरङ, भक्तिप्रसाद सिटौला इलाम, गोपालप्रसाद पौडेल पाँचथर, हरिप्रसाद घिमिरे तेह्रथुम र सगुनसुन्दर लावती ताप्लेजुङमा खटिनेछन् ।

त्यस्तै गोपाल दाहाल धनकुटा, प्रल्हादप्रसाद साह सुनसरी, पदमबहादुर तामाङ भोजपुर, दिनेशकुमार साह संखुवासभा, मोहनप्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही, वीरेन्द्रप्रसाद लाल कर्ण सिराहामा खटिनेटन् ।

राजनारायण प्रसाद साह पर्सा, किशोरबहादुर कार्की बारा, बुद्धिमान तामाङ नुवाकोट, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकाश रिमाल धादिङ, विक्रमबहादुर थापा ललितपुर, रवीन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दीपक कुमार राई रसुवा, भरत प्रसाद पाठक दोलखा, रेखा थापा चितवन र रिना गुरुङ मकवानपुरमा खटिने राप्रपाले जनाएको छ ।

त्यस्तै प्रविणकुमार थोकर रामेछाप, हेमजंग गुरुङ्ग नवलपुर, डा. महेन्द्र बहादुर कार्की गोरखा, मोहन श्रेष्ठ तनहुँ, भीमप्रसाद गौचन बाग्लुङ, रामराजा कोइराला लमजुङ, पञ्चराम गुरुङ कास्की, हिक्मतजंग कार्की अर्घाखाँची, ध्रुबबहादुर रायमाझी गुल्मी, निलकण्ठ काफ्ले नवलपरासी, प्रदीपकुमार उदय कपिलवस्तुमा खटिनेछन् ।

मेनुका खाँड केसी स्याङ्जा, प्रेमबहादुर भण्डारी बर्दिया, डा. धवलशम्शेर राणा दाङ, गीता बस्नेत बाँके, दीपक कुवँर क्षेत्री म्याग्दी, धनबहादुर बुढा जुम्ला, ज्ञानेन्द्र शाही कालीकोट, मुकुन्द श्याम गिरी दैलेख, कुन्ती कुमारी शाही सुर्खेत, धनसुर शाही जाजरकोटमा खटिने राप्रपाले निर्णय गरेको छ ।

त्यस्तै जनकबहादुर सिंह रुकुम पश्चिम, धर्मराज जोशी कैलाली, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्णबहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेल्धुरा, गोविन्द खडायत डोटी, विजय खड्का सिन्धुलीमा खटिनेछन् ।

राप्रपाका अनुसार उदय पोखरेल पर्वत, ऋषिराज देवकोटा सल्यान, मीना स्वर्णकार रुकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुब बहादुर प्रधान रुपन्देही, भरत चन्द पाल्पा, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ र भुजुङ गुरुङ मनाङमा खटिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?