
३ चैत, काठमाडौं । एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदै छ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् ।
आज काठमाडौंको बसन्तपुरमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् । आँखालाई अबिरबाट जोगाउन केहीले विशेष प्रकारको चश्मा प्रयोग गरेका छन् ।
आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेशका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4