+
+

चुनाव परिचालनका लागि एकीकृत समाजवादीले सातै प्रदेशमा खटायो नेता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १६:०५

३ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई खटिनेछन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झा खटिनेछन् ।

नेकपा एकीकृत समाजवादीले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऊ’ भन्ने नारासहित चुनावी अभियान गर्न लागेको छ । सो अभियानका लागि सातवटै प्रदेशमा पदाधिकारीसहितको टोली पठाउन लागेको हो । टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ लिने छ ।

पार्टीले उम्मेदवार चयन गर्ने मापदण्डबारे भने निर्णय हुन बाँकी रहेको खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?