३ चैत, काठमाडौं । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् ।
बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुइँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते भएकी काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र उनका दाइ बौद्धमा डेरा गरी बस्दै आएका थिए । उनी बिहीबार होली खेल्न आफन्तकोमा गएकी थिइन् ।
‘दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी लगिएको छ’ मैनालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4