४ चैत, काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज पछिल्लो एक वर्षभित्रमा चौथोपटक काठमाडौंमा अवतरण गरेको छ ।
त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको थियो । यो जहाज शुक्रबार नै फिर्ता भइसकेको छ । ती अधिकारीका अनुसार पछिल्लो एक वर्षको अवधिमा चौथो पटक अमेरिकी सेनाको जहाज काठमाडौं आएको हो ।
उनका अनुसार २०२१ को जनवरी, अप्रिल र अगस्ट महिनामा समेत सेनाको यस्तो जहाज आएको थियो । यो जहाजमा सेना भने नआउने उनले जानकारी दिए ।
काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन र फिर्ता लैजान यस्तो जहाजको उपयोग हुने गरेको उनले जानकारी दिए । यस्तो उडानका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया पूरा गरी उडान अनुमति लिइएको हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4