+
+

‘युरेनियम’ किनबेचमा संलग्न भएको अभियोगमा समातिएका कांग्रेस नेतासहित ८ जना छुटे

रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १९:१३

३ फागुन, काठमाडौं । रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना हाजिरी जमानीमा छुटेका छन् ।

बरामद वस्तु युरेनियम भएको पुष्टि नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले फाइल फिर्ता गरिदिएको थियो । त्यसपछि उनीहरुलाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए ।

यसरी युरेनियम जस्तो देखिने धातुसहित पक्राउ पर्नेमा नेपाली कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पनि थिए ।

प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहित भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत पक्राउ परेका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । यद्यपि ठगीको कसूर आकर्षित हुनसक्ने बताउँदै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

जिल्ला सरकारी कार्यालय काठमडौं प्रमुखका गंगाप्रसाद पौडेलले खानी तथा भू-गर्भ विभाग र राष्ट्रिसय विधि विज्ञान प्रयोगशाला दुवैम गरेको परीक्षणमा युरेनियम पुष्टि नभएको बताए। उनले अनलाइनखबरसँग भने, ‘ त्‍यसमा मुद्दा चलाउन सक्‍ने स्थिति भएन, अन्‍य केही कसूरमा प्रमाण संकलन भए अनुसन्धान गरेर पठाउन प्रहरीलाई भनेका छौं।’

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो युरेनियम बरामद गरेको थियो । त्यसपछि पनि प्रहरीका विभिन्न युनिटले युरेनियम जस्तो देखिने पदार्थको किनबेचमा संलग्न भएको अभियोगमा विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?