+

बंगबन्धु कबड्डी च्याम्पियनसिपमा नेपालले इन्डोनेसियालाई हरायो

२०७८ चैत  ६ गते १४:२९ २०७८ चैत ६ गते १४:२९
बंगबन्धु कबड्डी च्याम्पियनसिपमा नेपालले इन्डोनेसियालाई हरायो

६ चैत, काठमाडौं । बंगलादेशमा भइरहेको बंगबन्धु कप कबड्डी च्याम्पियनसिपमा नेपालले वियजी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले इन्डोनेसियालाई ४७-१८ ले पराजित गरेको हो ।

नेपालका प्रदीप मिजार खेलको म्यान अफ दि म्याच घोषित भए ।

समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार इराकको सामना गर्नेछ । नेपाल रहेको समूहमा इन्डोनेसिया र इराकसँगै केन्या पनि छ ।

प्रतियोगितमा कूल ८ टोली सहभागी छन् । समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका, मलेसिया र इंग्ल्याण्ड छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपाली टोलीको खेलाडीहरुमा कल्याण भुजेल, प्रवीण खड्का, नागेश्वर थारु, रञ्जित गजमेर, रामु टमाटा, अजय मानन्धर, प्रदीप मिजार, कुमार लामा, बन्धु राणा र लालमोहन यादव रहेका छन् । यस्तै प्रशिक्षकमा पार्वती राई, अफिसियलमा प्रकाशप्रसाद शाह र अरविन्दकुमार झा, व्यवस्थापक रामकेवल मुखिया र निर्णायकमा विनोद प्रजापति छन् ।

खेलकुद बंगबन्धु कप कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय