+
+

एमालेको पोलिट्व्यूरो बैठक भोलि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:५८

६ चैत, काठमाडौं । नेकपा एमालेले भोलि सोमबारका लागि पार्टीको पोलिट्ब्यूरो कमिटीको बैठक बोलाएको छ ।

सोमबार दिउँसो ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुने उनले बताए । पोलिट्व्यूरो कमिटीमा १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।

त्यस्तै एमालेको केन्द्रीय कमिटीको बैठक ९ र १० चैतमा बस्नेछ भने १३ गते स्थायी कमिटी बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?