+
+

स्कुल बक्सिङ च्याम्पियनसिप : रोहित, प्रकट, सोनम र निशाले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते २०:४५

६ चैत, काठमाडौं । फर्स्ट अल नेपाल स्कुल व्वाय एण्ड गर्ल्स बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ३७ किलो तौल समूहमा अछामका रोहित जनालाले स्वर्ण आइतबार जितेका छन् । रोहितले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे ।

यस्तै ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी ४३ किलो तौल समुहमा अल्फा बक्सिङ दाङका सोनम पुनमगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरे ।

पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुङले दमकका योगेश लिम्बुलाई पराजित गदै स्वर्ण पदक हात पारे ।

आइतबारै भएको ३५ केजी पुरुषतर्फ सेमिफाइनलमा नक्सालका सक्षम लामाले बक्समाण्डुको प्रवेस उपाध्यायालाई अंकको आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेकाका छन् । सोहि तौलसमुहमा मकवानपुरका अरुण सापकोटाले बक्समाण्डु बीका दीपक बोहरालाई एबीडीको आधारमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।

पुरुष ४९ किलो तौल समूहमा मातृभूमि बी भक्तपुरका नविनतम खडकाले कास्कीका आकाश बोहरालाई अंकको आधारमा पराजित गरी फाइनलमा मकवानपुरका सिलेन वाइवासँग भिडन्त पक्का गरेका छन् । सिलेनले नक्सालका सिद्धार्थ श्रेष्ठलाई अंकको आधारमा पराजित गरेका थिए ।

त्यसैगरी पुरुष ५२ किलो तौल समुहमा भुपु बक्सिंग पोखराका समुन्द्र थापा मगरले कास्कीका अंशुल रोकायालाई पराजित गरे भने सोहि तौल समुहमा बाँकेका यज्ञराज खत्रीले नक्सालका प्रितम महर्जनलाई अंकको आधारमा पराजित गर्दै फाईनलमा समुन्द्रसंग भेट पक्का गरेका छन् ।

पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिंग पोखरा कै साहिल लिम्बुले मेरिडियन स्कुलका रिजूल निरौलालाई पराजित गरे पुरुष ६१ किलो तौल समुहमा बक्समाण्डुका सेरप गेल्चेन शेर्पाले उदयपुरका रोजन मगरलाई अंकको आधारमा पराजित गरे ।

त्यसै गरी स्कुल बक्सिङको गर्ल्सतर्फ ४० किलो तौल समुहमा दमकका दिप्सा काङवाङले अछाम किनिशा नेपालीलाई पराजित गरे । सोही तौल समूहमा अछामकी लक्ष्मी शाहीले बाँकेकी रेविका सुनारलाई अंकको आधारमा पराजित गरे स्कुल गर्ल्सतर्फकै आर्यन क्लब ललितपुरकि आस्था केसीले नक्सालकि क्रिस्टिना थापालाई पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?