+
+
वडाध्यक्षको बयान :

यसरी तनावग्रस्त बन्यो लेटाङ

‘भीडले कुरा नबुझ्दा अप्रिय घटना भयो’

भूम सूर्य मगर, वडाध्यक्ष, लेटाङ-५ भूम सूर्य मगर, वडाध्यक्ष, लेटाङ-५
२०७८ चैत ६ गते २३:२६

गत शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीसँग पानी मागेपछि उनले दिइछन् ।

घरमा एक्लै भएकी छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ । शिक्षकको घर लेटाङ–३ बजारमा पर्छ ।

होली शुक्रबार थियो । शनिबार विदा भइहाल्यो । आइतबार बिहान स्कुलमा शिक्षकलाई देखेपछि विद्यार्थीले आफ्ना साथीलाई होलीको दिन भएको दुर्व्यवहारको घटना सुनाइछन् । साथीसँगको सल्लाहपछि उनीहरुले हेडसरलाई शिक्षक पौडेलले गरेको दुर्व्यवहार बारेमा निवेदन दिए । विद्यार्थीको निवेदन परेपछि हेडसरले मलाई फोन गरेर बोलाउनुभयो ।

हामीले कानुनी कारबाहीका लागि प्रहरीलाई बोलाएका थियौं । तर भीडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध गर्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो

म पुगेर पीडित विद्यार्थीसँग कुरा गर्दा सुरुमा बोल्न मानिनन् तर पछि आफूमाथि भएको घटनाका बारेमा सुनाइन् । ती शिक्षकले पहिले पनि गलत उद्देश्यले छुने गरेका रहेछन् । घटना विवरण सुनेपछि हामीलाई यो सामान्य घटना होइन, यो घटनाको अनुसन्धान प्रहरीले गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि प्रहरीलाई खबर गरियो ।

यो आज (आइतबार) दिउँसोको कुरा हो । प्रहरी स्कुलमा पुगेपछि भने विद्यार्थी र आसपासका मान्छे भेला भएर शिक्षकलाई लैजान दिएनन् । हामीले कानुनी कारबाहीका लागि प्रहरीलाई बोलाएका थियौं ।

तर भीडले शिक्षकलाई जोगाउन लैजान खोजेको भन्दै अवरोध गर्यो । त्यसपछि अवस्था तनावग्रस्त बन्यो । शिक्षकले प्रयोग गर्ने मोटरसाइकल जलाइदिए । एम्बुलेन्स पनि तोडफोड गरे ।

प्रधानाध्यापक, व्यवस्थापन समितिका सदस्य, प्रहरी, सर्वसाधारणमाथि पनि आक्रमण भयो । कहाँबाट भीड स्कुलमा आयो जानकारी भएन।

तर अवस्था तनावग्रस्त बनेपछि ज्यान जोगाउन मुस्किल पर्ला जस्तो भयो । दिनभरि शिक्षकलाई निकालेर लैजान दिएनन् । साँझ परेपछि प्रहरीले निकालेर लगेको थियो । लैजाने क्रममा प्रहरीमाथि आक्रमण भयो । एकजनाको मृत्यु नै भयाे ।

(लेटाङ नगरपालिका– ५ का वडाध्यक्ष भूम सूर्य मगरसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?