७ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन् ।
पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल आज बिहान चीन प्रस्थान गरेका हुन् ।
उपाध्यक्ष पौडेल नेत्रित्वको प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4