+
+

एमालेको पोलिटव्युरो बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १२:२८

७ चैत, काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यसैगरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?