+
+

बिल बिजकभन्दा फरक सामान बोकेको आशंकामा भारतीय ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ११:४०

७ चैत, वीरगञ्ज । बिल बिजकभन्दा फरक मालसामान बोकेको आशंकामा सशस्त्र प्रहरीले वीरगञ्जबाट एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । आइतबार राति पौने ९ बजे वीरगञ्ज महानगरपालिका-२५ अलौं-वीरगञ्ज सडकखण्डबाट ट्रक नियन्त्रणमा लिइएको हो ।

एकीकृत भन्सार जाँच चौकी (आईसीपी)बाट वीरगञ्ज तर्फ आउँदै गरेको भारतीय नम्बर १५ एक्स एक्स ९९५९ को ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल कुमार थापाका अनुसार ट्रकमा बिल बिजकमा उल्लेख गरिएको भन्दा फरक सामान रहेको सूचना सशस्त्र प्रहरीसमक्ष आएको थियो ।

प्रज्ञापनपत्रमा आल्मुनियम कन्टेनर र वासिङ एण्ड क्लिनिङ इक्युपमेन्ट उल्लेख गरिए पनि फरक समान राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोका नेतृत्वको टोलीले समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।

‘सूचनाको आधारमा ट्रक नियन्त्रणमा लिएका हौं, हामीले ट्रकमा के समान थियो हेरेनौं,’ प्रहरी नायब उपरीक्षक थापाले भने, ‘यसको बारेमा अनुसन्धान गर्ने निकाय राजश्व अनुसन्धान कार्यालय हो, उतै पठाउने गरेका छौं ।’ आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइसकिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?