७ चैत, काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।
एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाह १५ फागुनदेखि प्रहरी हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4