+
+

नेपालमा बढ्न थाल्यो चिजको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १५:११

७ चैत, काठमाडौं । बाख्राको दूधबाट उत्पादन हुने चिजको बिक्री बढेसँगै तनहुँको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रलाई बजारको माग धान्न धौ–धौ पर्न थालेको छ । विशेष गरी पछिल्लो समय पर्यटकीय गन्तव्यहरुमा विदेशी पाहुना र आन्तरिक पर्यटकहरुले चिज मन पराएसँगै यसको माग बढ्न थालेको हो ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दीपुर, तनहुँका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य नेपाली चिज ताजा र गुणस्तरयुक्त हुने भएकोले विदेशीहरुले धेरै मन पराउन थालेको बताउँछन् ।
बन्दीपुरको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रमा ६ प्रजातिका बाख्राहरु पालिएको उनले बताए ।

जसमध्ये बोयर र सानेन जातको बाख्राको माग भने बढीरहेको छ । उनले सानेन जातको एउटा बाख्राले एउटा सानो परिवारलाई पर्याप्त दूध पुर्‍याउन सक्ने बताए । एक दिनमा यो बाख्राले साढे दुई लिटरदेखि ४ लिटरसम्म दूध दिने गरेको उनले बताए ।

दूधभन्दा पनि सानेन जातको बाख्रा चिजको लागि विश्वभर प्रसिद्ध छ । ‘पहिला इटालीबाट २५ सय रुपैयाँमा चिज किनेर नेपालमा ३५ सयको हाराहारीमा बिक्री हुने गरेको थियो, तर अहिले नेपालकै उत्पादन बजारमा बिक्री भइरहेको छ’ उनले बताए ।

अनुसन्धान कन्द्रले अहिले चिजसँगै सानेन जातको पाठीहरु पनि बिक्री गर्दै आएको छ । तीनदेखि ५ महिनाको पाठीको मूल्य किलोको हिसावमा हुने र सामान्यतया बजारमा २५ देखि ३५ हजारसम्म पर्ने उनको भनाइ छ ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नेपालमा बाख्राको दूध भन्दा चिजको बढी माग आइरहेको बताए ।

उनले अहिले बन्दीपुरको बाख्रा अनुसन्धान केन्द्रबाट उत्पादित चिज पोखराका विभिन्न होटलहरुमा बिक्री हुने बताए । २५ सय रुपैयाँ तिरेर स्पेनबाट ल्याइएको चिज भन्दा नेपालमा उत्पादित चिज सस्तो र गुणस्तरीय भएकोले पनि पछिल्लो सयम यसको माग बढेको उनको भनाइ छ ।

बन्दीपुरमा उत्पादित चिज किलोको ८ सय रुपैयाँमा बेच्ने गरेको र विदेशीहरुले पनि धेरै मन पराएको उनले बताए । बाख्राको दूधमा फ्याट कम र प्रोटिन बढी हुने हुँदा युरोप, अमेरिकामा गाई–भैंसीको तुलनामा बाख्राको दूध र चिजको माग उल्लेख्य रहेको छ । विगत दुई तीन वर्षदेखि बाख्राको चिजमा नेपालीहरु पनि धेरै मन पराउन थालेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?