+

१३ वर्षपछि महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

२०७८ चैत  ७ गते १६:४३ २०७८ चैत ७ गते १६:४३
१३ वर्षपछि महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

७ चैत, काठमाडौं । अफ स्पिनर निदा दारले आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ्ग गर्दै १० रन दिएर ४ विकेट लिएपछि पाकिस्तानले १३ वर्षपछि पहिलो पटक महिला विश्वकप क्रिकेटमा जित हात पारेको छ ।

र उसले वेष्ट इन्डिजको दुई खेल अघि नै सेमिफाइनल पुग्ने आशामा धक्का पुर्‍याएको छ ।

पाकिस्तानले वेष्ट इन्डिजलाई ८ विकेटले हराएपछि इंग्ल्याण्डको सेमिफाइनल पुग्ने आशा जीवित भएको छ । इंग्ल्याण्डले अब पाकिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । यी दुई खेल जितेमा वेष्ट इन्डिजलाई उछिन्दै सेमिफाइनमा पुग्ने अवसर इंग्ल्याण्डलाई छ ।

अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । बाँकी ३ स्थानका लागि इंग्ल्याण्ड, दक्षिण अफ्रिका,  वेष्ट इन्डिज र भारतको संभावना छ । पाकिस्तानसँगै न्यूजिल्याण्ड र बंगलादेशको सेमिफाइनल खेल्ने संभावना सकिइसकेको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय