+

स्कुल बक्सिङमा दिप्सा र सोनम पुन मगर उत्कृष्ठ मुक्केबाज

२०७८ चैत  ८ गते १०:२७ २०७८ चैत ८ गते १०:२७
स्कुल बक्सिङमा दिप्सा र सोनम पुन मगर उत्कृष्ठ मुक्केबाज

८ चैत, काठमाडौं । फस्ट अल नेपाल स्कुल व्वाय एण्ड गर्ल्स बक्सिङ प्रतियोगितामा अल्फा बक्सिङ क्लब, दाङका  सोनम पुन मगर र दमकका दिप्सा कांगवांगले उत्कृष्ट मुक्केबाज घोषित भएका छन् ।

सोमबार सम्पन्न प्रतियोगितामा सोनम ब्वायतर्फ र दिप्सा गर्ल्सतर्फ उत्कृष्ट चुनिए । उत्कृष्ट उपाधि हात पारेका दुवै उत्कृष्ट मुक्केबाजलाई बक्समाण्डुका सन्दीप श्रेष्ठको तर्फबाट जनही १५ हजार नगर प्रदान गरेका थिए ।

पुरुष ४३ किलो तौल समूहमा अल्फा बक्सिङ दाङका सोनम पुन मगरले अछामका प्रविन टमटालाई पराजित गर्दै प्रथम स्थान हासिल गरेका थिए ।

त्यसै गरी गर्ल्स ४० किलो तौल समुहमा दमकका दिप्सा कांगबांगले अछामकी लक्ष्मी शाहीलाई अंकको आधारमा पराजित गर्दै  स्वर्ण पदक हात पारे ।

यसबाहेक ३५ किलो पुरुषतर्फ मकवानपुरुको अरुण सापकोटाले नक्सालका सक्षम लामालाई अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे । पुरुष ३७ किलोमा अछामका रोहित जनालाले आर्यन क्लबका अमन थापालाई अंकको आधारमा पराजित गर्दै प्रथम हुन सफल भए । त्यसै गरी ४० किलो तौल समुहमा थानकोटका प्रकाश महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

पुरुष ४६ किलो तौल समुहमा कास्कीका निशान गुरुंगले दमकका योगेश लिम्बुलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे । पुरुष ४९ किलो तौल समूहमा मैत्री स्कुल भक्तपुरका नविनतम खडकाले मकवानपुरका सिलेन वाइबालाई पराजित गर्दै स्वर्ण पदक हात पारे ।

५२ किलो तौल समूहमा बाँकेका योगराज खत्रीले भुपु बक्सिंगका समुन्द्र थापा मगरलाई पराजित गर्दै प्रथम हुन सफल रहे । पुरुष ५८ किलो तौल समुहमा भुपु बक्सिङ पोखराका शाहिल लिम्बुले धरानका सागर तामाङलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । पुरुष ६१ किलो तौल समूहमा बक्समाण्डुका शेरप ग्याल्जेन शेर्पाले ईन्टरनेशनल फ्रेन्च स्कूलका आर्यमान रानालाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे ।

स्कुल गर्ल्सको ४६ किलो तौल समुहमा द एकसलेर स्कुलका प्रकृति थापाले दमकका कन्चर राईलाई पराजित गर्दै स्वर्ण जिते । त्यसैगरी ४९ किलो तौल समूहमा नक्सालका दिव्या लिम्बुले दमकका पतिमा राईलाई पराजित गर्दै स्वर्ण पदक हासिल गरे भने ६० किलो तौल समूहमा आर्यन फिटनेश बक्सिङ क्लबका अस्मिता केसी प्रथम, दमकका सुस्मिता लिम्बु द्धितीय र नक्सालका प्रतिमा थापाले तृतिय स्थानहातपारे ।

प्रतियोगिताको अन्तिम बाउट स्कुलगर्ल्स अन्तर्गत महिला ६३ किलो तौल समुहमा सिद्धार्थ बनस्थली इन्सटिच्युटकि प्रिक्षा लामाले दमकका युना मगरलाई पराजित गर्दै स्वर्ण पदक हात पारे भने १२ वर्षमुनिको ३० किलो तौलमा प्रदर्सन म्याचमा बोशिगाउका दिपशिखर महर्जन प्रथम तथा बक्समाण्डुका मनु मगर दोस्रो भए ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले बक्सिंगले पछिल्लो समयमा यस खेललाई उचाईमा पुर्‍या उनअहोरात्र मेहनत गर्दै आएकोमा यस खेललाई सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै स्कुल बक्सिङ प्रतियोगिता आयोजक संस्था खेलकुद प्रवर्धन संस्था नेपालका अध्यक्ष पुष्करराज पन्तले अन्य मुलुकमा १८ वर्षमा विश्व च्याम्पियन भइसक्ने तर नेपालमा १८ वर्षबाट बक्सिङ सुरु गर्ने अवस्थामा यस विद्यालयस्तरीय बक्सिङ प्रतियोगिताले नयाँ आयाम थपेको र विद्यालयबाट एसियनमा पदक जित्दै ओलम्पिकसम्मको यात्रा तय गर्ने एउटा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उक्त प्रतियोगितामा देशभरीका २६ जिल्ला, स्कुल, तथाक्लबका ४८ जनापुरुष र महिलाहरुको सहभागिता रहेको थियो ।

उक्त समापन समारोहमा प्रमुख प्रशिक्षक प्रकाश थापामगरले १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीहरू ५४ किलो तौल समुहमामिनु गुरुङ, ६० किलो तौल समूहमा र भुपेन्द्र थापा मगरलाई जनही एक लाख हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा नेपालबक्सिङ्ग संघका पूर्वअध्यक्ष उमेश मास्केलाई बक्सिङ खेलमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरेका थिए भने सोही कार्यक्रममा आठौ सागमा स्वर्ण पदक विजेताद्वय प्रकाश थापामगर र रामचन्द्र थापामगरका आमा शुभद्रा थापामगरलाई पनि सम्मान गरिएको थियो ।

स्कुल बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय