+
+

रसुवा सुख्खा बन्दरगाहको काम सुस्त, कामलाई गति दिन समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:३९

८ चैत, काठमाडौं । व्यापार पूर्वाधार निर्माण कम्पनी इन्टर मोडल यातायात विकास समितिले रसुवा–टिमुरे सुख्खा बन्दरगाह निर्माणको कामलाई गति दिन निर्देशन दिएको छ । स्थलगत अनुगमन पछि निर्माण आयोजनालाई गति दिन निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

चीनको सहयोगमा २०७६ सालदेखि निर्माण थालिएको व्यापारिक आयोजना लक्ष्यअनुसार अघि नबढेपछि चिनियाँ पक्षलाई यस्तो निर्देशन दिइएको गजुरेलले बताए ।

आयोजना सकिने बेलामा जम्मा प्रगति २८ प्रतिशत मात्रै देखिएपछि यस्तो निर्देशन दिइएको उनले बताए । ‘आयोजना अघि बढाउन समस्या के हो ? सरकारले गर्नु पर्ने सहजीकरण के हो ? प्रष्ट्याउन भनेका छौं’ गजुरेलले भने  ।

यस अघि विभिन्न समस्याले अड्किएको निर्माण कार्यलाई जनशक्ति बढाएर गति दिन आग्रह गरिएको पनि समितिले जनाएको छ । हाल ५५ जना कामदारबाट दैनिक काम भइरहेको भए पनि आयोजना निर्माणमा अपेक्षअनुसार प्रतिफल नपाइएको गजुरेलले बताए । छलफलमा चिनियाँ अधिकारीहरु निर्माणलाई तिब्रता दिने विषयमा गम्भीर देखिएको पनि उनको भनाइ छ ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको चिनियाँहरुको दाबी थियो । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते परियोजनाको शिलान्यास गरिएको थियो ।

यसअघि खोलाको धार परिवर्तनका कारण दुई पटक बाढीले बन्दरगाहमा क्षति पुर्‍याएको थियो । पाँच तले बहुउपयोगी स्टोरेज बिल्डिङ, एउटा ठूलो र एउटा सानो गोदाम रहने बन्दरगाहमा १८० ठूला ट्रक र दुई वटा जाँच पास केन्द्र रहनेछ ।

आयोजनामा चीन सरकारले डेढ अर्ब लगानी गरेको छ । नेपाल-चीन सीमा क्षेत्रबाट एक किलोमिटर नेपालतर्फ आयोजना निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?