+
+

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ७:४०
फाइल तस्वीर

९ चैत, काठमाडौं । नेकपा (एमाले)केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको  प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका कार्यसूची छन् ।

बैठक दुई दिनसम्म चल्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?