९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ ।
नियमित सरुवा निकाल्नुपर्ने वेला शक्ति केन्द्रका रोजाइका व्यक्तिहरुलाई पठाउन प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको हो ।
विशेष परिस्थितिमा अधिकृतहरुलाई खटाउने गरी प्रहरी नियमावली, २०७१ ले काज सरुवाको व्यवस्था गरेको छ । तर, शक्तिकेन्द
प्रहरी नियमावली, २०७१ को नियम ५२ ले काज सरुवाको व्यवस्था गरेको छ । नियमावलीको नियम ५२ (१०) मा सामान्यतया प्रहरी अधिकृतलाई काजमा नखटाइने उल्लेख गरिएको छ ।
तर पहुँचमार्फत पोष्टिङ लिनका लागि काज सरुवाको दुरुपयोग हुने गरेको छ ।
को कहाँ ?
काज सरुवामार्फत १० वटा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । उनीहरुले ती जिल्लामा चुनाव गराउने छन् ।
सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय, म्याग्दीको प्रमुखको जिम्मेवारी तिलक भारतीलाई दिइएको छ, सोलुखुम्बुमा सुनिलजंग शाह पठाइएका छन् । ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलामा प्रतिक विष्ट, हुम्लामा कृष्ण ओझा, जाजरकोटमा सन्तोष निरौला र मनाङमा प्रेम सागर केसी पठाइएका छन् ।
प्रतिक्रिया 4