+
+

एमाले केन्द्रीय बैठकमा प्रदेश संयोजकले रिपोर्टिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १३:१४

९ चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बुधबार प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्दैछन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा प्रदेशमा पार्टीको अवस्थाबारे प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्न लागेका हुन् ।

एमालेका एक नेताका अनुसार भूगोलका सातवटा प्रदेश कमिटीका संयोजक र उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकले रिपोर्टिङ गर्नेछन् ।

एमालेले यो बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । प्रदेश संयोजकहरुले रिपोर्टिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने, विभिन्न विभागहरु गठन गर्ने, स्थानीय तहको निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रियालगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?