+
+

जसले साहुको फार्ममा बम राखे र आफैँ अपहरणमा परेको नाटक गरे

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:१४

९ चैत, दाङ । गत फागुन २७ गते दाङ तुलसीपुर उपमहानगरपालिका-४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुट फार्ममा शंकास्पद वस्तु फेला पर्‍यो । रिजालले फार्ममा भेटिएको बम जस्तो शंकास्पद वस्तुबारे प्रहरीलाई खबर गरेपछि नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर बम डिस्पोज गर्‍यो ।

घटनाको तीन दिनपछि फागुन ३० गते रिजालकै फार्ममा अंग्रेजीमा लेखिएको धम्कीपूर्ण पत्र फेला पर्‍यो । पत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका रिजाललाई पार्टीले एमसीसी पास गर्न सघाएको भन्दै ज्यान लिनेसम्मको धम्की दिइएको थियो ।

रिजालको ड्राइगन फार्ममा रुकुम बाफिकोट-९ का २४ वर्षका जनक देवकोटा र उनकी श्रीमती काम गर्दै, र त्यहीँ बस्दै आएका थिए ।

धम्कीपूर्ण पत्र फेला परेको १० दिनपछि तुलसीपुर बजार गएका देवकाटा फर्केनन् । बेलुकी देवकोटाको श्रीमती पार्वतीको मोबाइलमा उनका श्रीमान्लाई अपहरण गरिएको भनेर म्यासेज आयो । म्यासेजमा उनका श्रीमान् देवकोटासँग नभई रिजालसँँग बदला लिन अपहरण गरिएको लेखिएको थियो ।

त्यसपछि लगतै देवकोटोको खोजी गर्न जिल्लाबाट डीएसपी मुकुन्द रिजालसहित प्रहरीको टोली खटिएको थियो । प्रहरीले खोजतालास थालेको ४८ घण्टापछि लमही नगरपालिकाको अमिलयाको नजिकै जंगलमा देवकोटा फेला परे । तत्काल जंगलबाट उनलाई उद्धार गरी प्रहरीले अनुसन्धान अघि बढायो ।

प्रहरीले अनुसन्धान गर्दै जादा देवकोटा अपहरणमा नपरी आफ्नै साहु रिजालसँग ५० लाख फिरौती माग्न अपहरणमा परेको नाटक गरेको कुरा खुल्यो । जिल्ला प्रहरीका प्रमुख सुरेश काफ्लेका अनुसार देवकोटा रिजालका विश्वासिला पात्र थिए ।

देवकोटा रिजालका व्यक्तिगत कुरादेखि आर्थिक कारोबारबारेका सबै जानकारी राख्दथे । त्यसैको फाइदा उठाउँदै आर्थिक लोभमा परेर देवकोटाले नै फार्ममा विस्फोटक बम राख्ने र ज्यान मार्ने धम्मी दिने पत्र राखेका अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ । त्यसपछि पनि आर्थिक लाभ हुने नदेखेपछि उनले आफू अपहरण परेको नाटक गर्दै ५० लाख रकम माग्ने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

बुधवार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी नायव उपरीक्षक सुरेश काफ्लले सजिलै ठूलो रकमको लाभलिने प्रलोभनमा परेर देवकोटाले विष्पकोटक पदार्थ राख्नेदेखि अपहरणमा परेको नाटक गरेर फिरौती रकम माग्ने योजना बनाएको बताए ।

‘छोटो समयमा सजिलै आर्थिक लाभ लिने उद्देश्यले अपहरणको नाटक प्ररपञ्च गरेको देखियो’ एसपी काफ्ले भने, ‘घटनामा अरू कसैको संलग्नता छ, छैन अनुन्धान गर्दैछौं ।’

उनले देवकोटाकी श्रीमतीको भने घटनामा संलग्नता भए/नभएको पनि अनुन्धानकै क्रममा रहेको बताए । पक्राउ परेका देवकोटाबाट कृतिम विस्पोटक पदार्थ समेत फेला परेको एसपी काफ्लले बताए । देवकोटाविरुद्ध झुटो अपवाह फैलाउएका र कृतिम विष्पोटकपार्थ बनाउने कसुरमा कानुनी कारावाही अघि बढाइने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?