+
+

बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:१८

९ चैत, गुल्मी । गुल्मीमा बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन् ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी किरण गिरी बुधवार दिउँसो बडिगार्ड खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेपत्ता युवा छत्रकोट गाउँपालिका वडानम्बर–१ रमौदी स्थित बडीगार्ड खोलामा पौडी खेल्न गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरीनायव निरीक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिई खोजीकार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?