+
+

ज्यान मुद्दाका आरोपित ९ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:०४

१० चैत, पोखरा । जिल्ला प्रहरी कार्यालय ज्यानसम्बन्धी मुद्दाका फरार आरोपितलाई ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ८, चित्रेका २५ वर्षीय शिरिष विश्वकर्मा छन् ।

उनीमाथि ०६९ कात्तिक २५ गते पोखरा लेकसाइडस्थित नेशनल स्कुलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरेको आरोप छ । ‘ब्ल्याक ब्वाइज् ग्रुप’ समूह चलाएर उनीसहित २२ जनाले आपसी रिसइबीका कारण कुटपीट गर्दै विकको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

घटनापछि उनी फरार थिए । ‘लामो समय आफ्नो परिचय लुकाएर भारतमा गएर बसेको भन्ने खुल्न आयो । त्यसपछि अदालतबाट पक्राउ अनुमति मागेर खोजतलासमा लाग्यौं,’ एसपी थापाले भने, ‘हिजो (बुधबार) मात्रै कास्कीको अन्नपूर्ण गाउँपालिका ५, सल्यानमा आफन्तको घरमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गर्न सफल भयौं ।’

तत्कालीन समयमा हाल पक्राउ परेका विकसहित २२ जनाविरुद्ध उजुरी परेको थियो । ‘समूहमा २२ जना थिए । उनीहरुले घटनाको समयमा निज (मिथुन विक) लाई छलफल गरौं भनेर शान्तिपाटनमा बोलाएर कटपीट र चक्कु प्रहार गरेर हत्या गरेका थिए,’ एसपी थापाले भने, ‘हाम्रो ग्रुपसँग निहुँ खोजेको होस् यसलाई मार केटा हो भन्दै कुटपीट गरेको भेटिएको छ ।’

त्यसमध्ये हालसम्म २१ जना पक्रा परेको र एकजना पक्राउ पर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए । जिल्ला अदालत कास्कीबाट हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?